दुधकोसीमा एडिबीको ५० अर्व सहयोग

काठमाडौँ, साउन १० । दुधकोसी जलविद्युत आयोजना अगाडि बढाउन एसियाली विकास बैंकले ५० अर्व रुपैयाँ सहयोग गर्ने भएको छ ।

बुधबार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँगको भेटमा एडिबीका आवासीय प्रतिनिधि खामुड खानाले सहयोग गर्ने बताएका हुन् ।

भेटमा उर्जामन्त्री पुनले अब जल विद्युतका आयोजनामा विवाद नआउने बताएका थिए । एडिबीका प्रतिनिधिले जल विद्युतमा लगानी गर्न विशेष चासो देखाएका छन् ।

दुधकोसी परियोजनामा टिबीएमको प्रयोग गरेर भएपनि काम दु्रत गतिमा अघि बढाउने मन्त्री पुनले बताए । उर्जा र जलस्रोत क्षेत्रको समग्र विकासको लागी मार्गचित्र बनाएर अघि बढिएको जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए ।

आगामी दिनमा जग्गा, वन र वातावरणको समस्या नरहने मन्त्री पुनको दावी छ । एडिबीका प्रतिनिधी खानाले एसियाली विकास बैंकको सहयोगमा संचालित अन्य आयोजनाहरुको प्रगतीको बारेमा समेत चासो राखेका थिए ।

वाग्मती सिंचाई परियोजनामा ५० मिलियन सहयोग गरिसकेको एडिबीले बाग्मती ड्याम निर्माणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *