सरकार र गोविन्द केसी पक्षबीच सात बुँदे सहमति, अाजै अनसन तोडिँदै

काठमाडौँ, १० साउन । अनसनरत प्राध्यापक डा. गोविन्द केसी पक्ष र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  सहमतिमा हस्ताक्षर गर्न सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति हस्ताक्षर हुन लागेको हो ।

वार्तामा सरकारले संसदको पेश गरेको चिकित्सा शिक्षा विधेयक डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि वार्ता सफल भएको हो ।

सहमतिलगत्तै अनशन तोडाउन नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो । सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *