२२५ जनाले लिए मलेसियाको अन्तिम श्रम स्वीकृति

साउन १०, काठमाडौँ। झण्डै दुई महिना बन्द भएर खुलेको मलेसियाको अन्तिम श्रम स्वीकृति २ सय २५ जनाले लिएका छन् ।

वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख भविश्वर पाण्डेका अनुसार बिहिबार दिउँसो १ बजेसम्म अन्तिम श्रम स्वीकृति लिनेको तथ्याँक हो ।

गत जेठ २ गतेबाट बन्द भएको मलेसियाको अन्तिम श्रम स्वीकृति गत आइतबार खुलेको छ । मलेसियाका लागि अहिले पनि जेठ २ गते पहिले नै भिसा लागेका कामदार मात्रै जान पाउँछन् ।

वैदेशिक रोजगार व्यवसायी संघले यस्ता कामदार ४६६ जना रहेको तथ्याँक बुझाएको संघका अध्यक्ष रोहन गुरुङले बताए ।

यी मध्येपनि केहि कामदार सम्पर्कमा नआएको र कतिपय व्यवसायीले तथ्याँक नबुझाएको तर अहिले श्रम स्वीकृति लिइरहेकाले यसरी जान बाँकी करिव ५ सय जति हुन सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *