डा. केसीका माग प्रति सरकार लचक बन्दै, अाजै ब्रेक थ्रु हुने संभावना

साउन १०, काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्रकाे ब्यापक सुधारकाे माग राख्दै २७ दिनदेखि अनसनरत डा. गाेविन्द केसी पक्षसँग प्रधानमन्त्री केपी शर्मा ओली विचकाे वार्ता सकारात्मक बन्दै गएकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी वार्तामा डा. केसीका मागहरुको विषयमा कुराकानी भइरहेको वार्तामा संलग्न डा. केसीका एक सहयोगीले बताएका छन् ।

डा. केसीका मागका बारेमा सरकार र प्रधानमन्त्री एकदमै सकारात्मक हुनुहुन्छ भएकाेले अाज निष्कर्षमा पुग्ने संकेत देखिएकाे छ । ‘वार्ता सकारात्मक रूपमा अगाडी बढेकाेले आजै ब्रेक थ्रु हुने सम्भावना छ ।’ केसी पक्षका एक चिकित्सकले भने ।

यसअघि बुधबार सरकार र केसीको वार्ता टोलीबीचको वार्ता विना कुनै निष्कर्ष सकिएको थियो । तर, मध्यरातमा प्रधानमन्त्री केपी ओलीले केसी पक्षसँग पुन: छलफल गरेर समस्या सुल्झाउन अाग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै डा. केसीका मागमा सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *