पिपल्स डेन्टलमा सुरु भयो दाँत राख्ने नयाँ प्रविधि (भिडियो रिपोर्टसहित)

साउन १०, काठमाडाैं । काठमाडौँको सोह्रखुट्टे चोकमा रहेको पिपल्स डेन्टल कलेज हस्पिटलले दाँत राख्न नयाँ प्रविधिको सुरुवात गरेको छ । पिपल्स डेन्टलले हड्डीमा पेश कसेर दात राख्ने नयाँ गाइडेड प्रविधि सुरु गरेको हो ।

राजधानीका थाेरै निजी डेन्टल क्लिनिकमा यो प्रबिधि प्रयोगमा ल्याईएको भएपनि पिपल्स डेन्टल कलेजमा भने पहिलो पटक प्रयोगमा ल्याएको हो । यो प्रविधिको प्रयोग गरेर दाँत लगाउँदा लामो समय पर्खनु पर्दैन । एकै दिनमा सबैकाम सकिने पिपल्स डेन्टलका डाइरेक्टर प्रोफेसर डा.सुरज माथेमा बताउँछन् ।

‘डेन्टल इम्प्लान्ट प्रविधिमा हड्डीमा पेच कसेर पेचको भरमा दाँत राख्ने प्रविधि हो, यस अघि जनरल रुपमा दाँतको सर्जरी हुुन्थ्यो भने, यो प्रविधि आएपछि दाँतको सर्जरी गर्नु अगाडी नै कम्प्युटर प्लानीङबाट कसरी सर्जरी गर्ने भनेर तयार गर्छौ त्यसपछि मात्र सर्जरी गर्ने भएकोले दाँतका विरामीलाई अत्यन्त लाभदायक छ ।’ उनले भने ।

दाँत नभएकाहरुले पछिल्लो समय नक्कली दाँत लगाउनेक्रम बढ्दै गएको छ । योसँगै दाँत लगाउने नयाँ–नयाँ प्रविधि पनि भित्रिन थालेका हुन् । गिजाको सपोर्टमा राख्ने फिक्स ब्रिज प्रविधि पहिले नै सुरु भएको हो । तर, यसरी हड्डीमा पेश कसेर राख्न थालिएको गाइडेड प्रविधि भने नयाँ हो । सर्जरी गर्नुभन्दा अगाडि नै कम्प्युटरबाट प्लानिङ गरेर त्यहि अनुसार डाक्टरले इम्प्लान्ट राखेर दाँत लगाउँने गर्छन् ।

यो प्रविधिको प्रयोग गरेर तत्कालै दाँत राखिने भएकाले हड्डी सुक्ने संभावना कम हुन्छ । पुरानो प्रविधिको प्रयोग गर्दा पटक–पटक सर्जरी गर्नुपर्ने भएपनि नयाँ प्रविधिबाट एकै पटकमा पुरानो दाँत निकाल्ने र नयाँ लगाउने काम हुन्छ । नयाँ प्रविधिबाट दाँत लगाउँदा धेरै फाईदा हुँने डा.माथेमाको भनाई छ ।

‘दाँत निकाल्ना साथ इम्प्लान्ट राख्नाले हड्डी खिइएर जाने तथा सुकेर जाने समस्या हुँदैन, अर्को पुरानो दाँत झिकेर तुरुन्तै नयाँ दाँत इम्प्लान्ट गर्न सकिने भएकोले विरामीलाई पटकपटक सर्जरी गर्नुपर्ने झन्झट पनि हुँदैन । र तेस्रो फाइदा यस्तो दाँत फिक्स हुन्छ र, तुरुन्तै घाउ रिकभर पनि हुने भएकोले पिडा धेरै हुँदैन ।’ पिपल्सका नक्कली दाँत विभागका प्रमुख समेत रहेका माथेमाले भने ।

नयाँ प्रबिधिबाट दाँत लगाउँदा प्रतिदाँत ५० हजार रुपैयाँसम्म खर्च हुने पिपल्स डेन्टलले जनाएको छ । बिरामीलाई बेहोस् नबनाई दाँत लगाइने भएकाले जोखिम पनि कम हुने दन्त चिकित्सकहरुको भनाई छ ।

हेर्नुहाेस् भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=Jgthka1VjzI&feature=youtu.be”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =