रसुवा: टिमुरेमा पहिरो जाँदा ४ जनाको मृत्यु, ५ जना वेपत्ता (नामसहित)

रसुवा, साउन १० । रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमापहिरो जाँदा ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेका चार जनाको शव निकालिएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिकाको वडा नम्बर ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् ।

मृत्यु हुनेमा सबै कन्टेनरका चालक रहेको प्रहरीले जनाएको छ । गएराति करिब पौने १ बजे पहिरो गएको हो । पहिरोमा परि अन्य ५ जना अझै वेपत्ता रहेका घटनास्थलमा रहेका डीएसपी सन्तोष तामाङले बताए । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *