काभ्रे: यात्रुबाहक बस पल्टिँदा २८ जना घाइ

काठमाडाैं, साउन १० ।  धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् । भकुण्डेबाट बनेपा जादै गरेको हिमाल–तराई यातायातको  बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

३३ यात्रु लिएर आइरहेको बसमा बिहानको समय भएकाले अधिंकाश कलेज पढ्न आउने विद्यार्थीहरु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रविराज खड्काले जानकारी  दिए ।

खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको  छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *