वर्षासँगैको पहिरोले रसुवाको टिमुरेमा पहिराे, १२ जना घाइते
२०७४ जेठ १५ गते

“
रसुवा, साउन १० । बुधबार रातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । यहीँ आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका छन् । उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।
पहिरोमा परी आठ/दश जना बेपत्ता भएको अनुमान गरिएको छ । बुधबार राति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए ।
अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








