तामाङकाे राजिनामापछि अब काे बन्ला त कानुनमन्त्री ? तीन जनाको चर्चा

काठमाडाैं, साउन १० । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै अबब नयाँ मन्त्री को बन्ला भन्ने कुराकााे चर्चा सुरु भएको छ । आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका  मन्त्री शेरबहादुर तामाङले मंगलबार दिउँसाे पत्रकार सम्मेलन गरेर राजिनामाकाे घाेषणा गरेका हुन् ।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए ।  उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना पछि उनले राजिनामा दिएका हुन् ।

तत्कालीन मन्त्री तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनायो । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन्  । ढकाल मोरङ क्षेत्र नम्बर ३, पोखरेल चितवन क्षेत्र नम्बर २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *