नेपाली साझा मञ्चको सुनसरी तदर्थ समिति गठन

सुनसरी, साउन ९ । नेपाली साझा मञ्चले सुनसरी तदर्थ समिति गठन गरेको छ ।

कुनै पनि जाती, धर्म, बर्ण, क्षेत्र, सामाजिक, सांस्कृतिक, आर्थिक , राजनितिक विभेदविना देश बिदेशमा रहेका हरेक नेपालीलाई एकबद्ध गर्दै देशका लागि अब त केही गरौँ भन्ने नाराका साथ नेपाली साझा मञ्चको सुनसरी तदर्थ समिति गठन भएको हो ।

बुधबार सुनसरीको धरानमा जिल्लाको कार्यालय रहने गरी सो कमीटी गठन गरिएको समितिका नवगठीत संंयोजक विश्वबन्धु ताम्राकार (तमोट) ले जानकारी दिए ।

धरान ३ स्थित निकेतन गल्लिमा मञ्चका केन्द्रीय अध्यक्ष तथा अन्र्तराष्ट्रिय संयोजक महेश श्रेष्ठको साभापतित्वमा बसेको बैठकले पछि थप हुने गरि १५ सदस्यीय कमिटी गठन गरेको हो ।

जसमा सह संयोजक लक्ष्मण थापा, सचिवमा सबिता राई, सदस्यहरुमा डिल्ली तुम्रोक लिम्बु, केशब श्रेष्ठ, गणेश पौडेल(झुम्का), रमेश खड्का, भरत कुमार श्रेष्ठ (ईटहरी), भरतराज शर्मा, नवराज बिष्ट, शुलोचना ताम्राकार लगायत रहेका छन ।

गठन पछि मञ्चका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले आगामी दिनमा केन्द्रको समन्वयमा सदस्यता वितरण गर्नुका साथै बिधान अनुसारको उदेश्य प्राप्तीका लागि आवश्यक कार्य गर्न निर्देशन समेत दिएका छन् ।

त्यस्तै सामाजिक कार्यमा सेवा गर्नुका साथै प्रदेश सरकारसंग समन्वय गरी केन्द्रको सहयोगमा विभिन्न कार्यक्रमहरु गर्नेसमेत निर्णय गरिएको मञ्चका नवगठीत सुनसरी जिल्ला सह–संयोजक लक्ष्मण थापाले जानकारी दिए ।

नेपाली साझा मञ्चले देश तथा बिदेशमा रहेका विभिन्न समस्यामा परेका नेपालीलाई उद्धार गर्नुका साथै पुर्नस्थापना गरी सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *