सुनसरीको घुस्कीमा गोलि चल्यो ,स्थिति तनावग्रस्त (तस्विरसहित)

इनरुवा, साउन ९। सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा चारजना स्थानीयहरु घाइते भएका छन् ।

आज दिउँसोको समयमा सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेको र सशस्त्र प्रहरीले ८ राउण्ड गोलि चलाएको स्थानीय हसरत अन्सारीले बताएका छन् ।

अहिले स्थिति तनावपूर्ण रहेको र स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेराउ गरेको उनले बताए । यसबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *