डाक्टर केसी पक्ष र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन टुंगियो

काठमाडौं,साउन ९ । डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबिचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

डा. केसीका वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जनाएका छन् ।

सिंहका अनुसार वार्तामा विधेयकको बारेमा छलफल भएको छैन। ने. क. पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेपछि हिजो सुरू भएको वार्ता धेरै कुरा सहमति नजिक पुगेको जनाइएको थियो।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग छलफल सुरू भएको थियो।

हिजो नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।

डा गोविन्द केसी १५ औं सत्याग्रहको २६ औं दिनमा अनसनरत छन् । यसबीच सरकार तथा डा. केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ । तर ठोस निष्कर्षमा भने पुग्न सकेको छैन् ।

“”आज २६औं दिनमा डा. केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ “” विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *