गजलकार भण्डारीकाे कविता तथा गिती संग्रह बजारमा

साउन ९, धरान । तत्कालीन धनकुटाको मुर्तिढुगा गाबिस र हालको महालक्ष्मी नगरपालिका लाई कर्म क्षेत्र बनाएर साहित्य क्षेत्रमा लागेका कवि तथा गीतकार तेज बहादुर भण्डारीले नयाँ कविता संग्रह संगम तथा गिती संग्रह मनका ढुकढुकी र भजन गान किर्तिमान नामक संग्रह बजारमा ल्याएका छन् ।

२०२३ सालमा धनकुटाको मुर्तिढुङ्गामा जन्मिएका कबि भण्डारीले क्रान्तिकारी, नारी अस्मिता, रतिराग, गरीबी, राष्ट्रप्रेम जस्ता गम्भीर विषयमा केन्द्रित रहेर कलम चलाउँदै आएका छन् ।

सामान्य पारिवारिक माहोलमा हुर्किएका भण्डारी तत्कालीन समयमा धरानबाट नुनु बोकेर धनकुटा जाँदाको क्षणहरु तथा बितेका कुराहरुलाई क्रान्तिकारी स्वभावलाई आफना संग्रहमा समावेश गरेको बताए ।

निरन्तर रुपमा आर्थिक अभावमा अल्पविराम लागेर थन्किएका कवि तथा गीतकार भण्डारीले पुस्तक माथि कुनै अनौपचारिक कार्यक्रम गरि समिक्षा गर्न नसकेपनि आफना रचनाहरुलाई पुर्वका बिभिन्न मिडिया मार्फत उजागर गर्ने अभियानमा समेत लागेको बताए ।

धनकुटा बहुमुखी क्याम्पसबाट डिप्लोमा सम्मको अध्ययन गरेका भणडारीको श्रीमती दुई छोरा तथा १ छोरी रहेका छन् । उनले सञ्चारकर्मीहरुलाई आफ्ना रचनाहरु सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण गरेर सहयोग गरिदिनहुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *