ब्यूटिफुल प्रियंका किन बन्दैछिन् भल्गर ? (भिडियाे सहित)

साउन ९, काठमाडाैं । बैंकर रविना देशराजका छाेरा अायुष्मान देशराजसँग इङ्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्की यतिबेला फिल्मी क्षेत्रमा गसिप बनेकी छिन् ।

अायुष्मानसँगकाे इङ्गेजमेन्ट भन्दा पनि कथा काठमाडाैं चलचित्रमा उनले दिएकाे गरमागरम दृष्यका कारण उनी चर्चामा अाएकी हुन् । अरू बेला पनि विन्दास र बाेल्ड बन्ने प्रियंकाले कथा काठमाडाैंमा भने निक्कै बाेल्ड दृश्य दिएकी छिन् ।

दोस्रो विवाहको तयारीमा रहेकी नायिका कार्कीले नायक प्रमोद अग्रहरीसँग दिएको अन्तरंग दृष्य नेपाली दर्शकले सहजै पचाउने खालको छैन । यूट्यूवले समेत यो गीत ‘केही प्रयोगकर्ताहरुका लागि अनुपयुक्त’ रहेको भन्दै उमेर कन्र्फम गरेर मात्रै हेर्न सकिने बनाएको छ । अश्लिल र आपत्तिजनक खालका भिडियोहरुमा यूट्यूवले यस्तो गर्छ ।

प्रियंकाकाे यस्ताे हट अवतारमा उनका केहि फ्यानले समर्थन गरेपनि अधिकांशले उनलार्इ गालीकाे वर्षा नै गरेका छन् । सदावहार नायिका करिष्मा मानन्धर तथा नाकयत्व दर्शाउने नायिका रेखा थापा पछिकी सफल नायिकाका रूपमा कार्कीलार्इ लिइएकाे छ । कथा काठमाडाैंका लागि उनले दिएकाे भल्गर दृश्य कत्तिकाे विक्ने हाे हेर्न भने बाँकी छ ।

फिल्मका निर्माता निर्देशकले याे दृश्य कथा अनुसार नै राखिएकाे बताएका छन् ।

असोज १२ मा रिलिज हुने फिल्मले काठमाडौं रहेका भिन्नभिन्न पात्रको कथालाई समेटेको बतार्इएकाे छ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीकाे मुख्य भूमिका छ।

आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ। फिल्ममा गायिका ईन्दिरा पनि विशेष भूमिकामा देखिंदैछिन्। फिल्ममा लुजा सिंहको छायाँकन र मित्र गुरुङको सम्पादन रहेको छ। फिल्मलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन्।

हेर्नुहाेस् कथा काठमाडाैंकाे गीत

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *