विएन्डसीका सञ्चालक दुर्गा प्रसार्इंलार्इ कारवाहीकाे माग गर्दै संसद अबरूद्ध

साउन ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अबरूद्ध गरेकाे छ । डा‍. गोविन्द केसीका माग पूरा गर्न, बंगलादेशमा अध्यनरत छात्राबारे बीएन्डसी मेडिकल कलेजका दुर्गा प्रसाईंले दिएको अभिव्यक्ति र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हाे ।

प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मंगलवार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको थियो । राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका बद्रि पाण्डेले सरकारको अकर्मन्यताका कारण डा. केसीको स्वास्थ्य अवस्था दयनीय भएको बताए ।

उनले सरकारलाई दुईतिहाइको दम्भबाट मुक्त भएर वार्ता गर्न माग गरे । उनले सरकारले अध्यादेशलाई बंग्याएर सरकारले विधेयक ल्याएका कारण समस्या बल्झिएको जिकिर गरे ।

यसैगरी कांग्रेसले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामाको स्वागत गर्दै बंगलादेशमा अध्ययनरत छात्राको अभिभावकमाथि ठेस पुर्याउने गरी आएको अभिव्यक्ति सम्बन्धमा झापाकाे विएण्डसी मेडिकल कलेज सञ्चालक प्रसाईंलाई कारवाही हुनुपर्ने माग गरेको छ । ‘कानूनमन्त्रीले भन्दा पनि निकृष्ट भाषामा आरोपित गर्ने प्रसाईंलाई सरकारले छाडा छाडेको छ, कानूनी दायरामा ल्याउने तुरुन्त कारवाहीमा ल्याउने काम होस्,’ पाण्डेले भने ।

कांग्रेसले बानेश्वरमा शनिवार शान्तिपूर्ण प्रदर्शनमा भएको दमनबारे गृहमन्त्रीले राजीनामा दिन माग गरे । पाण्डे बोलेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । कांग्रेसको विरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभाको बैठक साउन १६ गते बुधवारसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =