अमेरिकी सरकारले किसानलाई १२ अर्ब डलर सहायतादिदैँ
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ९ । संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूको लागि १२ अर्ब डलर बराबरका योजना सार्वजनिक गरेको छ ।
ट्रम्प प्रशासनले आयातमा लगाएको करको जवाफमा अरू मुलुकले भटमास लगायत अन्य अमेरिकी उत्पादनमा कर बढाएपछि सहायता कार्यक्रम घोषणा गरिएको हो । किसानहरूलाई सहुलियत दिने र बिक्री नभएका उत्पादन खरिद गर्ने कदम अमेरिकी योजनामा समेटिएको हो ।
ट्रम्पले आफूले लगाएका करहरू अरू मुलुकको अमेरिकाप्रतिको नीति परिवर्तनका लागि दबाबसिर्जना गर्नकालागि मात्र भएको बताउनु भएको छ । निर्यातबाट करिब २० प्रतिशत आम्दानी भित्र्याउने कृषिउद्योगले राष्ट्रपतिको कदमबाट आफ्ना उत्पादनहरूको मागलाई असर पार्नुका साथै खरिदकर्ताहरूसँगको सम्बन्धमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








