हिजाे राेकिएकाे राष्ट्रियसभाको आजको बैठक आज बस्ने

काठमाडौं, साउन ९ । राष्ट्रियसभाको आजको बैठक आज पनि बस्दैछ । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण हिजो रोकिएको बैठक आज बस्न लागेको हो ।

वैठकमा विभिन्न विधेयकमाथिको छलफल कार्यसूचीमा रहेको छ । बैठकको शुरुमै काँग्रेसका सदस्यले आसनबाट उभिएर विरोध जनाएका थिए ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटक पटकको आग्रहपछि पनि काँग्रेसका सदस्यले आसन ग्रहण नगरेकाले अध्यक्षले बैठक स्थगित गर्नुभएको हो ।

आजको बैठकबिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =