नेपाल आयल निगम बिराटनगरकाे तेल बाेकेकाे ट्याङकरबाट तेल चाेरी

सप्तरी, साउन ९ । नेपाल आयल निगम बिराटनगर डिपोबाट सप्तरीका ५ पेट्रोलपम्पका लागी प्रतिपम्प ४ हजार लीटरका दरले २० हजार लीटर डिजेल बोकेको ट्याङकरकाे तेल चोरी भएकाे छ ।

ना ४ ख ५६२८ नम्बरकाे ट्याङकरकाे तेल  हिजाेसाँझ ५-५० काे समयमा गन्तब्यमा नपुग्दै चाेरी भएर बेचिएकाे पाइएकाे छ ।  ट्याङकरले बाटोमा पर्ने पेट्रोल पम्प संजय ऑटो केन्द्र भंटाबरी सुनसरीमा तेल बेचेको खुलेकाे छ ।

नेपाली ट्याङकरमा Indian Oil Corporation ले High Security Lock लगाएर पठाउन थाले पछि भारतमा हुदै आएको तेल चोरी बन्द भएको छ । लोकिंगले नेपाल भित्रने तेलको नाप र गुणस्तर संग सम्झौता बन्द भएको छ र साथै नेपाली भुभागमा ट्याङकर चालक र सहचालकले नेपाल आयल निगमको सील फुटाई तेल चोरी गरेका छन् र यो क्रम बढ्दै गएको छ ।
ट्याङकरलाई इलाका प्रहरी कार्यालय भंटाबारीको प्रहरी र ट्राफिक प्रहरीको टोलीले  नियन्त्रणमा लिई कारबाहीका लागि पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =