प्राधिकरण नेतृत्वविहिन, भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित

काठमाडौं, साउन ९ । सरकारको प्राथमिकतामा नपर्दा भूम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहिन बनेको छ ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहिन बनेको हो ।

यसले भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *