कंगारुले साउन १६ गते ‘एजुकेसन फेयर’ गर्ने

“
काठमाडौं, साउन ८ । कंगारु एजुकेसन फाउण्डेसनले एक दिने कंगारु ‘एजुकेसन फेयर’(शैक्षिक मेला) गर्ने भएको छ।
विधार्थीहरुलाई वैदेशिक शिक्षा सम्बन्धि सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले फाउण्डेसनले साउन १६ गते आफ्नै केन्द्रीय कार्यालय, एबी कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभाहलमा ‘एजुकेसन फेयर’ गर्न लागेको हो।
फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले दिएको जानकारी अनुसार शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्यान्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी तथा प्राइभेट कलेजहरुको सहभागीता रहनेछ ।
शैक्षिक मेलामा आउने सम्पूर्ण विद्यार्थी र अभिभावकहरुले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गरी अन्तरक्रिया गर्न र सत्यतथ्य जानकारी लिन पाउने तिमल्सिनाले जानकारी दिए। एजुकेशन फेयर बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ ।
“








