कृषि मन्त्रालयले तोक्यो धानको मूल्य
२०७४ जेठ १५ गते

“
काठमाडाैँ, साउन ८ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धानको मूल्य तोकेको छ । मंगलबार तोकिएको मूल्य अनुसार मोटा धानको प्रति क्विन्टल २३३१.२२ रुपैयाँ रहेको छ । मोटा धानको मूल्यमा गत वर्षभन्दा यस वर्ष ३.७३ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै मध्यम धानको मूल्य प्रति क्विन्टल २४६०.५७ रुपैयाँ तोकेको छ । मध्यम धानको मूल्यमा गत वर्षको तुलनामा यस वर्ष ०.९० प्रतिशतले मूल्य वृद्धि भएको हो ।
मन्त्रालयले बिस्तृत अध्ययन गरि समष्टिगत योजना बनाउनका लागि छिटो कार्यदल बन्ने र यो प्रस्ताव अब आगामी मन्त्री परिषदमा लैजाने जनाएको छ ।
मन्त्री परिषदबाट पारित भएपछि मात्रै धानको यो नयाँ मूल्य लागु हुनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








