प्रस्तावित प्रधानन्यायाधीशका ५ उजुरीकर्तासँग छलफल

काठमाडौं, साउन ८ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्ताहरुसँग विस्तृत छलफल गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिले मंगलबार प्रधानन्यायाधिशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने ५ जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित विस्तृत छलफल गरेको हो ।

उजुरीकर्ताहरुसँग प्रमाणसहित विशेष छलफल गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानवीन गर्न भोलि (बुधबार) पनि समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य कर्णले उजुरीकर्ताहरुको प्रमाणको सत्यतथ्य छानवीन गरेपछि बिहिबार अपरान्ह १ बजे प्रधानन्यायाधिशमा प्रस्तावित जोशीको सुनुवाई गर्ने कार्यसूचि तय गरिएको पनि जानकारी दिए ।

समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *