कारागारभित्रै कैदीको हत्या, योजनावद्ध रुपमा विष खुवाएर मारिएको खुलासा

काठमाडौं, साउन ८। ललितपुरको नख्खु कारागारभित्रै कैदी भक्त बहादुर सुनारको हत्या भएको पुष्टि भएको छ ।

कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका ३२ वर्षीय भक्तबहादुर सुनारको कारगारभित्रै हत्या भएको खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरेर अर्का कैदी ‘सिरियल किलर’ अभिषेक सिंहको योजनामा विष खुवाएर सुनारको हत्या गरिएको जानकारी दिएको हो ।

ब्यूरोका निर्देशक नारायणसिंह खड्काका अनुसार ४० वर्षीय सिंहको योजना, कैदी ३५ वर्षीय मनोजकुमार चौरसिया र कैद सजाय भुक्तान गरी छुटेका ध्रुवकृष्ण शर्माको सहयोगमा सुनारको हत्या भएको खुलेको छ ।

‘घटनाको अनुसन्धान सकिएको छ । सुनारलाई वनस्पतीजन्य पदार्थको समिश्रणबाट विष तयार गरेर खानामा प्रयोग गरी हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालयमा हामीले रायसहितको प्रतिवेदन समेत बुझाएका छौं’, उनले भने, ‘मुख्य योजनाकार सिंहले विगतमा सुर्खेत, भक्तपुर र जनकपुरमा ३ वटा हत्याको घटना गराएका थिए भने रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =