यसरी कमाउँछन् झुम्का कारागारका कैदिले मासिक १२ हजार

साउन ८, सुनसरी । जेल अर्थात कारागार भन्ने बितिकै हामीले कानुनविपरित काम गरेर सजाय काटिरहेका मानिसहरुकाे बासस्थान भनेर बुझ्दछाैं । यस्ता कारागारमा बस्नेहरू अापराधिक मानसिकताका हुन्छन्, उनीहरूमा अपराध कर्म वाहेक केहिकाे साेच हुँदैन भन्ने बुझ्दछाैं । तर, सुनसरीकाे झुम्का कारागारमा रहेका कैदीहरू भने, अन्य कारागारका भन्दा फरक भएका छन् ।

कारागार ब्यवस्थापनले विभिन्न अाराेपमा कैद भुक्तान गरिरहेका कैदिहरूलार्इ समाजमा पुनर्स्थापित गराउन कारगार भित्रै सिपमुलक कार्य गर्न प्रेरित गर्दा उनीहरू समाजमा पुनर्स्थापित हुने बाटाेतर्फ उन्मुख भइरहेका छन् ।

अहिले क्षेत्रीय कारागार झुम्काका कैदिहरू कोही बाँसका सुइरा खुर्किरहेका हुन्छन् त कोही मुढा बुन्दै दिन ब्यतित गर्दै हुन्छन् । कोही भने फर्निचर बनाउँदै गरेकाे दृश्य कारागार भ्रमणमा गएका जाे काेहिलार्इ निकै रोचक लाग्छ ।

विभिन्न मुद्दामा सजाय भाेगिरहेका कैदिलार्इ क्षेत्रीय कारागार झुम्काले समाजमा पुनर्स्थापित गर्न अपनाएकाे याे शैलीले कैदिहरूलार्इ पुनः अपराधकाे बाटाे तर्फ अग्रसर हुन निरूत्साहित गरेकाे छ। अहिले झुम्का कारागार उद्योग जस्तै भएको छ । कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आय आर्जन गरिरहेका छन् ।

कतिपय कैदिहरूमा जेलमा भेट्न पुगेका आफन्तलाई समय दिने फुर्सद समेत छैन । यहाँका कैदीबन्दीहरु मुढा बनाएर मात्रै मासिक पाँच हजार देखि १२ हजारसम्म कमाइ गर्छन् ।

विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरेपनि कारागार भित्रै सिप सिक्न पाउँदा भाेली समाजमा पुनर्स्थापित हुन सहयाेग पुग्ने अाशा राखेका छन् हुमलाल बिकले । ‘जेलमा परेपछि जिवन नै सकियाे की जस्ताे भएकाे थियाे, तर यहाँकाे वातावरणले फेरी समाजमा गएर इमान्दारपूर्वक काम गरेर बाँच्ने अाशा पलाएकाे छ । मुढा बुनेर आम्दानीको स्रोत बढेको छ, यहाँबाट आएको र्दुइचार पैसाले पकेट खर्च चलाउन पाएकाे छु, केहि बचत पनि गर्न सकेकाे छु ।’ उनी भन्छन् ।

अहिले झुम्का कारागारमा झण्डै १५ सय भन्दा बढी कैदीबन्दी छन् । यि मध्ये धेरैले बाँसका मुढा र हस्तकलाका सामग्री बनाउँदै आएका छन् । केहीले कारागारमै बसेर काम गरेर परिवारको समेत पालन पोषण गर्दै आएको कारागारका १ नम्बर ब्लकका कैदीबन्दी चौकीदार प्रेम लावती बताउँछन् । ‘अहिले विभिन्न मुद्दामा सजाय कटाउन आएकाहरु व्यवसायिक भएर फर्कने गरेका छन,’ लावती भन्छन,‘जेल सुध्रने ठाउँ मात्र हैन आयआर्जन गर्ने ठाउँका रूपमा पनि विकास भइरहेको छ ।’

कैदीबन्दीलाई कारागारभित्र सुधार्नका साथै उनीहरूलार्इ सिपमुलक कार्यमा अभिप्रेरित गर्ने कार्य भइरहेको २ नम्बर ब्लकका कैदीबन्दी चौकीदार खड्ग राई बताउँछन् । कारागारमा रहेका अधिकांश कैदिहरू मुढा बन्ने पेशामा अाकर्षित भएका छन् । ‘यहाँ रोजगार गरेर पैसा कमाउँछु भन्दा कमाउन सक्ने ठाउँ छ ।’ राई भन्छन् ।

कारागारमा रहेका कैदिहरूकाे बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म मुढा बुन्नु दैनिकी हो । झुम्का कारागारलाई देशकै उत्कृष्ट कारागारका रूपमा लिइएकाले सुधारगृह पनि भन्ने गरिएको छ ।

यहाँका कैदीबन्दीलाई सीप विकास गर्न सके राज्यले सोझै गर्नुपर्ने आर्थिक भारमा समेतमा सहुलियत हुने कारागार प्रमुख जेलर गणेश अधिकारी बताउँछन । ‘सरकारले पनि जेल सजाय भाेगिरहेका कैदिहरूलार्इ समाजमा पुनर्स्थापित गराउनुपर्छ भन्ने मान्यता राखेकाे छ, यहाँकाे जस्तै अन्य कारागारमा पनि सिपमुलक अायअार्जनका काम सुरू गर्ने हाे भने, राज्यलार्इ समेत अार्थिक ब्ययभार कम हुन जान्छ ।’ उनि भन्छन् ।

कारागारमा कैदीलाई जनही दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध हुन्छ । कैदीहरूले त्यही ६० रुपैयाँले दाल, तरकारी मसलादेखि दैनिक खर्च पुर्याउनुपर्छ । सरकारले उपलब्ध गराउने रकम खर्चको तुलनामा ज्यादै कम भएपछि घरपरिवारबाट रकम तथा अन्य सामान झिकाएर दैनिक गुजारा चलाइहेको अवस्थामा कारागारभित्रै विकास भएको सीपमूलक व्यवसायले धेरैलाई राहत पुगेको छ ।

२०६६ मा स्थापित कारागार प्रदेश १ कै सबैभन्दा ठूलो कारागार समेत हाे । याे कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले पनि निर्कै चर्चामा आएको थियो । पछिल्लाे समय कारागार ब्यवस्थापनले कैदिहरूलार्इ सुधार्न कारागार भित्रै काम गर्ने वातावरण बनाउँदा याे कारागार अहिले उद्याेग जस्तै बन्दै गएकाे छ ।

कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक बनाउने हो भने विभिन्न खाले सीपमूलक तथा सामाजिक शिक्षाको कक्षा समय–समयमा कैदीलाई दिन सके कैदीबन्दीको क्षमता विकास हुने र अपराधिक मनोवृत्ति पनि परिवर्तन हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *