सत्तापक्ष र प्रतिपक्षबीच भनाभन हुँदा राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ८ । राष्ट्रियसभाको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएको हो ।
बैठकको शुरु मै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए ।
काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय दिएको भन्दै आपत्ति जनाएपछि केही समय प्रतिपक्षी दलका सदस्य र सत्तापक्षका सदस्यबीच बैठकमा भनाभन समेत भएको थियो । अध्यक्ष तिमिल्सिनाको पटक पटकको आग्रपछि पनि काँग्रेसका सदस्यहरुले आसन ग्रहण नगरेकाले बैठक स्थगित गरिएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








