शिक्षकहरु राजनीतिक दलका नेता बन्न खोज्दा शिक्षाको गुणस्तर घट्यो– शिक्षामन्त्री पोखरेल

सप्तरी, साउन ८ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग्य शिक्षकहरु नभएकै कारण शिक्षाको गुणस्तर खस्किएको बताएका छन् ।

मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले शिक्षकहरु नै शिक्षक जस्तो नभएकै कारण शिक्षाको गुणस्तर खस्किएको बताएका हुन् ।

उनले शिक्षकहरु राजनीतिक दलको नेता बन्न खोज्दा शिक्षाको गुणस्तर खस्किएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘शिक्षकको पहिचान परिवर्तन हुनु जरुरी छ, म यो राजनीतिक दलमा, यो ट्रेड यूनियनमा भन्ने पहिचान हटाउनुपर्छ ।’

उनले राजनीति गर्ने कि कक्षाकोठाभित्र केन्द्रित हुने ? भन्दै शिक्षकहरुसँग प्रश्न गरे । ‘अब शिक्षकको सूचक विद्यार्थीलाई कसरी पढाउँछन्, विद्यालयमा कति समय दिइरहेका छन् त्यसले निर्धारण गर्छ’ उनले भने ।

साथै मन्त्री पोखरेलले जुम्लामा सामान्य बल मात्र प्रयोग भएको कुरालाई सञ्चार माध्यमले बढाइ चढाइ प्रकाशित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सामान्य बल प्रयोगमात्र भएको हो, मिडियाहरुले गोली चलेको, दमन गरेको जस्ता उत्तेजित शब्दहरुको प्रयोग गरे ।’

जुम्लामा भएको घटनाक्रममा समेटिनुपर्ने कुराहरु नसमेटिएको मन्त्री पोखरेलले गुनासो समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *