डा. केसीलाई हातमा लिएर पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजियो– अध्यक्ष प्रचण्ड

काठमाडौँ, साउन ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले डा. गोविन्द केसीलाई हातमा लिएर कम्युनिस्ट सरकारको एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको बताएका छन् ।

पार्टीसम्बद्ध पत्रकारहरुसँग मंगलबार भएको छलफलमा प्रचण्डले पार्टी एकता गरेर राम्रोसँग खुट्टा टेक्न नपाउँदै लडाउने षणयन्त्र अनुरुप काँग्रेसले डा. केसीलाई प्रयोग गरी वितण्डा मच्चाउन खोजेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहाईको सरकार बनाएको, हामीले शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन परेको छैन, त्यसैले हाम्राविरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।’

उनले तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनतालाई परिचालन गरिने बताए । ‘हामीलाई उनीहरुले भोट दिएर जितेको होइन, उनीहरूले चाहेर पार्टी एकता गरेका होइनौं,’ उनले भने, ‘विरोधीहरु विभिन्न आवरणमा आउँदैछन, हामी एकतावद्व भएर प्रतिवाद गरौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *