ग्रिसमा भीषण आगलागी, २० जनाको मृत्य, दर्जनौँ घाइते

काठमाडौँ, साउन ८ । ग्रिसको जंगलमा लागेको आगलागिमा परि कम्तिमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । ग्रिसको राजधानी एथेन्स वरपरका जंगलमा फैलिएको आगोमा जलेर २० जनाको मृत्यु भएको हो भने दर्जनौँ घाइते भएका हुन् ।

आगो नियन्त्रण बाहिर गएपछि ग्रिसले अन्तर्राष्ट्रिय सहयोगको अपील समेत गरेको छ । बीबीसीका अनुसार, आगलागि भएको क्षेत्रमा हराइरहेका १० जना पर्यटकहरुको खोजी र उद्धार कार्य भइरहेको छ ।

मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ग्रिस सरकारका प्रवक्ता डिमिथिस टान्जाकोप्लोसले मंगलबार बिहान मृतकको संख्या २० पुगेको बताएका छन् । १०४ जनाभन्दा बढी घाइते भएकोमा ११ जनाको अवस्था गम्भीर रहेको डिमिथिसले जनाएका छन् ।

आगो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक खटिए पनि प्रयास सफल हुन सकेको छैन ।

आगो नियन्त्रण बाहिर गएपछि ग्रिसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । बोस्नियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि सबैखाले प्रयासहरु गरिएको बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =