सरकारमा सहभागि हुन राजपाले छान्यो तीन राज्यमन्त्री

धनुषा, साउन ८ । राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् ।

प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ । राजपाको बैठकले डा. झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

राजपाको बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *