उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प “अत्यन्त खुशी”

वासिङटन, साउन ८ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन् ।

अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताए ।

“नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्पले भने ।

उनले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको बताए ।

तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाई छ । आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उनले जानकारी दिए ।

“त्यो गलत हो, म भने अत्यन्त खुशी छु” उनले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =