बाढी प्रभावित क्षेत्रमा निः शुल्क स्वास्थ्य शिविर

राजविराज, ९ साउन । सप्तरीको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल विद्यार्थी संघ– २ नम्बर प्रदेशले वृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको त्रिहुत गाउँपालिकास्थित मोहुली खोलाबाट आएको बाढीप्रभावितका लागि लक्षित सो शिविरमा लामो समयदेखि विभिन्न रोगबाट ग्रसित पाँच सय बिरामी लाभान्वित भएका छन् ।


शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एकदर्जन चिकित्सकले बिरामीको अवस्था जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरेको आयोजक संघले जनाएको छ ।

स्वास्थ्य शिविरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रधामन्त्रीका राजनीतिक सल्लाहकार विश्वप्रकाश शर्मामार्फत रु ६ लाख बराबरको औषधि समेत उपलब्ध गराइएको थियो । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *