कानूनमन्त्री तामाङले अाज राजिनामा दिने

काठमाडाैं, साउन ८ । आफ्नै अभिव्यक्तिका कारण अालोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट मंगलबार दिउँसो राजीनामा दिने तयारीमा छन् । पार्टी भित्रैबाट उनलाई राजीनामा दिन दवाव परेपछि उनी राजिनामा दिन तयार भएका हुन् ।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए। उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो।
सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेपापाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए। पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ।
‘यो बाहेकपनि उनका अरु केही विषयहरु छन्, त्यसैले पार्टीले राजिनामा दिन दवाव दिएको हो’ मन्त्रिपरिषद्कै एक सदस्ययले  भने। मन्त्री तामाङले मंगलबार दिउासो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाउने पनि तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *