यस्ता छन् अाजका विभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

“काठमाडाैं, साउन ८ । तित्राको मुखै वैरी भन्छन् । हाम्रा भने मन्त्रीहरुका पनि मुख थुन्नुपर्ने दिन आएजस्तो छ । कहाँ कतिखेर भिडिया भाईरल भएपछि आफै झस्किन्छन् ।
मन्त्रीका बोली सचिवसँग मिल्न जरुरी छैन ।
सांसदसँग पनि मिलिहाल्दैन ।
जनप्रतिनिधि भए पनि मतदातासँग पनि मिल्छ भन्ने छैन ।
विभागीय मन्त्रालयसम्बन्धी जानकार समुदायसँग पनि मिल्दैन आम नागरिकको बोली पनि झट्टै विर्सन्छन् ।, आजको कान्तिपुर दैनिकमा ‘तित्राको मुख कि मन्त्रीको’ शिर्षकमा सम्पादकीय छापिएको छ ।
मुलुकमा संघीयता लागु भएसँगै तीनै तहबीच कर्मचारी, बजेट र कार्यक्रम आआफ्ना मातहतमा पार्न रस्साकस्सी सुरु भएको थियो ।
कुनै पनि विकासे आयोजनाभन्दा यस्ता कार्यक्रममा दिएको बजेट सजिलै खर्च सकिन्छ ।
यिनै सम्भावना देखेर केन्द्र र प्रदेशका अधिकारीहरुमा कार्यक्रम लैजान तँछाडमछाड भएको हो ।
मुलुकको ढुकुटी आमजनाको हितका निम्ति खर्च गर्ने अभिष्ट राखियो र दक्षिण लाभाबाट आफुलाई अलग गर्न सकियो भने यस्ता समस्या आउने छैनन् ।, आजको नागरिक दैनिकमा ‘रोजगारीको रन्थमोल’ शिर्षकमा सम्पादकीय छापिएको छ ।
नयाँ संविधानबमोजिम निर्वाचनबाट चुनिएको वर्तमान सरकारसँग नेपाल र नेपालीको विशेष अपेक्षा रहनु स्वाभाविक हो ।
विशेषतः लामो समय संक्रमणकाल, सशस्त्र द्वन्द्वबाट गुज्ररिनुपरेको नेपाल र नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक न्यायसहित समावेशी विकासमा मुलुकलाई डो¥याउनु आजको आवश्यकता पनि हो ।, आजको नेपाल समाचारपत्रमा ‘जनताको विश्वास गुमाउँदै सरकार’ शिर्षकमा सम्पादकीय छापिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको ३१ मौलिक ह कार्यान्वयन यतिबेला चुनौतिपुर्ण बनेको छ ।
बेरोजगरा भत्ता बाँड्नुभन्दा हरेक नागरिकलाई रोजगारी उपलब्ध गराउने र त्यसमा सहभागी हुनैपर्ने ब्यवस्था गर्नु उचित हुुन्छ ।, आजको कारोवार दैनिकमा ‘रोजगारीको हक कर्यान्वयनका चुनौति’ शिर्षकमा सम्पादकीय छापिएको छ ।”








