“
काठमाडाैं, साउन ८ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट राम्रै प्रतिफल प्राप्त हुँनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुँनाले सजक रहनु पर्नेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुँनेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ । बिहानको समय राम्रो रहेकोले कुनै महत्वपुर्ण कामहरु शुरु गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा असहयोग हुँनेछ । व्यापार व्यावसायमा लगानि नबडाउँदा राम्रो हुँनेछ । मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयले साथ दिने हुँनाले थोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुँनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुँने हुँनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आखाँमा समस्या देखिन सक्छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नु पर्नेछ । आफन्त तथा परिवारजन तपाईदेखी टाडिन सक्छन् ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुँनेछ । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउँन सकिनेछ ।
“