भृकृटीमण्डपमा ४ दिने ईक्यान शैक्षिक मेला सम्पन्न

काठमाण्डौ । भृकृटीमण्डपमा ४ दिने ईक्यान शैक्षिक मेला सम्पन्न भएको छ । ११ औ इक्यान शैक्षिक मेलामा एकलाख एकतिस हजारभन्दा बढिले अवलोकन गरेको इक्यानद्धारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । गत साउन ५ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु शैक्षिक मेलाको अन्तिम दिन आइतवार पच्चिस हजार पाँचसय जनाले अवलोकन गरेको आयोजक ईक्यानको दाबी छ । यसअघि शनिबार बाउन्न हजार, शुक्रवार तेत्तिस हजार पाँच सय र पहिलो दिन बीस हजार जनाले मेला अवलोकन गरेको ईक्यानका सचिव देविदास भट्टराईले जानकारी दिनुभयो ।

विगतमा शैक्षिक परामर्शमा केन्द्रित रहने गरे पनि यस पटकको मेलामा करिअर काउन्सिलिङको पाटोलाई जोड दिइएको परामर्शदाताहरुले बताएका छन्  । विदेश पढ्न जाने विद्यार्थीका लागि सही परामर्श प्रदान गर्ने थलो मात्र नभएर व्यावसायीहरुको प्रवद्र्धनका लागि पनि मेला फदायी भएको ईक्यानको दाबी छ ।

मेलामा दुईसय छत्तिस स्टल र चौध पेविलियन गरि जम्मा दुई सय पचास स्थानबाट परामर्श व्यवसायीहरु मेलामा सहभागी थिए । मेलामा पचास भन्दा बढि गन्तव्यका लागि एकसय तीसभन्दा बढि शैक्षिक संस्थाहरु तथा एकसय भन्दा बढि आधिकारिक परामर्श व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *