‘आमालाई गम्रङ्ग अँगालो हालेर नाकको फुली थुते’-प्रधानमन्त्री ओली

काठमाडौं,साउन ७ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन पनि केसीलाई आग्रह गरे ।

उनले केसीका वरिपरि बसेकाहरुले ‘आमालाई गम्रङ्ग अँगालो हालेर नाकको फुली थुते’ जस्तो व्यवहार गोविन्द केसीका वरिपरि रहनेहरुले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले कांग्रेसले केसीको स्वास्थ्यमाथि राजनीतिक स्वार्थ जोडेर खेलवाड गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले चिकित्सकहरुले अस्पतालको सेवा बन्द गराएकोमा आक्रोश व्यक्त गर्दै, गोविन्द केसीलाई उपचार गर्न नदिनुको कारण स्पष्ट पार्न पनि नेपाली कांग्रेसलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आमरण अनसन मानव अधिकार विरोधी गतिविधि भए पनि त्यसको पक्षमा विरोध प्रर्दशन गरेको भन्दै मानव अधिकारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीजस्तो न्यायको सर्वोच्च निकायमा पुगेकाहरु निषेधित क्षेत्र तोड्न पुगेको भन्दै आपत्ति प्रकट गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =