छात्रामाथि गलत टिप्पणी गर्नेमाथि मुद्धा चलाउन मेडिकल विद्यार्थीको माग

काठमाडौँ, साउन ७ । नेपाली मेडिकल विद्यार्थी संघले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राको मर्यादामा चोट पर्ने गरी केही व्यक्तिले  सार्वजनिक अभिव्यक्ति दिएको प्रति आपत्ति जनाएको छ ।

पछिल्लो पटक बंगलादेशमा चिकित्सा शास्त्र पठनपाठन गर्ने छात्राका लागि सरकारका सदस्य शेर बहादुर तामाङ र व्यावसायी दुर्गा प्रसाईले अत्यन्त अमर्यादित, अशिष्ट र अराजक शैलीमा गलत टिप्पणी गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको छ ।

बिना कुनै प्रमाण कानून मन्त्री शेरबहादुर तामाङ र व्यावसायी दुर्गा प्रसाईंले नेपाली छात्राको अस्मितामा आँच आउन सक्ने गरी अभिव्यक्ति दिएको नेपाल मेडिकल स्टुडेन्ट एसोसिएशनका अध्यक्ष नविन यादवद्धारा सोमबार जारी विज्ञप्तीमा जनाइएको छ ।

संघले मेडिकल छात्रामाथि गलत टिप्पणी गर्नेमाथि मुद्धा चलाउन माग गरेको छ । त्यस्तै बंगलादेशमा हुने अध्ययन अध्यापन बारे सरकारको आधिकारिक धारण तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *