अबैध हुण्डीको कारोवार गर्नेहरु ५३ लाख नगद र २३ लाखको चेकसहित पक्राउ

काठमाडौं, साउन ७। महानगरीय अपराध महाशाखाले ठूलो रकमसहित पाँचजना अबैध हुण्डीको कारोवार गर्नेहरुलाई पक्राउ गरेको छ ।

अबैध हुण्डी कारोवार गरेको गोप्य सूचनाका आधारमा महाशाखाले काठमाडौँको न्यूरोड र कुलेश्वरका विभिन्न स्थानबाट सोमबार उनीहरूलार्इ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको दिल्ली घर भइ काठमाडौं महानगरपालिका कुलेश्वर बस्ने फलफूल व्यापारी ४५ वर्षे विजय गुप्ता, ललितपुरको महालक्ष्मी नगरपालिका ९ का २३ वर्षीय दीपक श्रेष्ठ (सहकारीका कर्मचारी), चितवन खैरेनी नगरपालिका १० शान्तिवजार घर भइ काठमाडौं महानगरपालिकाको बाफलमा बस्ने २९ वर्षे संजित पाण्डे रहेका छन् ।

यस्तै भारत घर भइ काठमाडौंको ताहाचल बस्ने २९ वर्षे व्यापारी अंकित अग्रवाल र काठमाडौंको पुतली सडक बस्ने धनकुटाको महालक्ष्मी नगरपालिका ३ का पुजन छाला जिमीलार्इ अपराध महाशालाले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले ५३ लाख १९ हजार ६७५ रूपैयाँ नगद र २३ लाख १३ हजार चेक रकम बरामद गरेको छ ।

पक्राउ परेका सबैलार्इ प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने अपराध महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *