कोरियामा नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल

काठमाडौँ, साउन ७ । नेपाल र गणतन्त्र कोरियाबीच रोजगारी अनुमति प्रणालीअन्तर्गत थप नेपाली श्रमिकलाई अवसर दिनेबारे छलफल भएको छ ।

नेपाल–कोरिया परामर्श संयन्त्रको चौथो बैठकमा कोरियामा कार्यरत नेपाली कामदारको हकहित तथा सुरक्षाका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरियाली विदेश मन्त्रालयमा सोमबार भएको उक्त बैठकमा नेपाल–कोरिया सम्बन्धका समग्र पक्षको समीक्षा गरिएको थियो भने उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन, व्यापार, लगानी, नागरिक उड्डयन, मानव संशाधन विकासबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र कोरियाको नेतृत्व त्यहाँको विदेश मन्त्रालयमा दक्षिण एशिया तथा प्रशान्त विभागका महानिर्देशक किम युन योङले गरेका थिए ।

नेपाल र गणतन्त्र कोरियाबीच सन् २००१ मा परामर्श संयन्त्र गठन भएको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *