रेडक्रसद्वारा सञ्चालित प्राथमिक उपचार तालिम सम्पन्न

धनगढी, साउन ७। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा उत्थानशिल नगर प्रवर्द्धन र सहभागिता कार्यक्रमको आयोजनामा सञ्चालित चारदिने आधारभूत प्राथमिक उपचार तालिम सोमबार धनगढीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का सदस्य बमबहादुर बोहरा, मिना भण्डारी लगायतकाले मन्तव्य राखेका थिए।

समापन कार्यक्रमका सभापति तालिम प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले सहभागीहरुलाई तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

तालिममा धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका वडा सदस्य , नदि किनार समुहका , विभिन्न उपशाखाका पदाधिकारी , एकल महिला समूह, खुद्रा व्यापारी गरि २६ जनाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित उत्थानशील नगर प्रवर्द्धन र सहभागिता कार्यक्रमका संयोजक इश्वरदेव जोशीले जानकारी दिए ।

शुक्रबारदेखि चारदिन सम्म सञ्चालन भएको तालिमलाई नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैना, हेमन्त ओझा, अन्जली महर्जन, सुभाष भण्डारीले प्रशिक्षण दिएका थिए ।

सडक दुर्घटना र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सक सम्म पुर्याउन पुर्व घाइते वा विरामीहरुको अवस्था बिग्रीन नदिन प्राथमिक उपचार कसरी गर्ने , प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम संचालन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *