कामु प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाई साउन १० गते

काठमाडौं,साउन ७ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका दिपकराज जोशीको सुनुवाई आगामी बिहिबार गर्ने निर्णय गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको सोमबार बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश जोशीको सुनुवाई आगामी १० गते बिहिबार गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको समितिको बैठकले जोशीमाथि परेको उजुरीमाथि आजैबाट छानवीन पनि सुरु गरेको छ । भोली (मंगलबार) उजुरीकर्तासँग छलफल गर्नेगरी समितिले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको उजुरीमाथि छानवीनको काम सूरु गरेको हो ।

जोशीविरुद्ध ५ वटा उजुरी परेका छन । सो उजुरीमाथि स्पष्टिकरण लिन समितिले मंगलबार अपरान्ह उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको गत श्रावण ३ गते बसेको बैठकले सरकारले प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधिशमा सिफारिस जोशीलाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *