नेपाली चेलीहरुको अस्मितामाथि ठेस पुर्याएको भन्दै राप्रपाले माग्यो कानूनमन्त्रीको राजीनामा !

काठमाडौँ, साउन ७ । नेपाली चेलीहरुको अस्मितामाथि ठेस पुर्याएको भन्दै राप्रपा प्रजातान्त्रिकले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङको राजीनामा माग गरेको छ ।

चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली चेलीहरुको अस्मितामाथि ठेस पुग्ने गरी अमर्यादित र अशोभनीय अभिव्यक्ति दिएको भन्दै राप्रपा प्रजातान्त्रिकले मन्त्री तामाङको राजीनामा माग गरेको हो ।

पार्टी प्रवक्ता राजेन्द्र गुरुङले सोमबार प्रकाशित गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैरजिम्मेवार, अमर्यादित, अशोभनीय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन, तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजीनामा दिइ नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढाँकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ ।’

मन्त्री तामाङले यही साउन ४ गते एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीले डाक्टरहरुलाई शरीर नसुम्पेसम्म सर्टिफिकेट नपाउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *