वेलायती विश्वविद्यालयबाट विराटनगरको मेरिल्याण्ड कलेजका ७६ विद्यार्थी दीक्षित

विराटनगर, साउन ७  । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (विविए) विषयमा दीक्षित भएका छन् ।

वेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात् विद्यार्थीहरुलाई दीक्षित गरेको हो । बिराटनगरको बिग होटेलमा आयोजित भब्य कार्यक्रमका बीच बिद्यार्थीहरुलाई दीक्षित गरिएको थियो ।

वेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व वजारमा सहज र सरल किसिमले खपत हुने बताए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे ।

इनोभेट नेपाल ग्रुपका सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए ।

सो अवसरमा वेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले शिप तथा दक्षता हासिल गर्ने कार्यमा वेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको बताए । बेलायतको शिक्षा नेपाल मै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित बिद्यार्थीहरुले अनुभव साटे ।

ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौ, पोखरा, इटहरी जस्तै विराटनगरमा पनि बिबिएमको कोर्स मेरिल्याण्ड कलेजले संचालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरमा नै पढाइ हुँदै आएको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर, इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *