अझै रोकिएन ट्रिपर आतंकः ट्रिपरको ठक्करबाट बनेपामा एक जनाको मृत्यु, सर्वसाधारणले लगाए आगो
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ७ । बनेपामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि सर्वसाधारणले ट्रिपरमाथि आगजनी गरेका छन् ।
काठमाडौँबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा बजार तनावग्रस्त भएको छ । मृतकको सनाखत भने अझै हुन सकेको छैन ।
ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सरकारले ट्रिपर नियम लागु गरेतापनि ट्रिपर आतंक भने अझै रोकिएको छैन नत नियम उल्लंघन गर्नेकारबाहीमा नै परेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








