डिआइजी शाहको नेतृत्वमा जुम्ला घटना छानविन शुरु

काठमाडौँ,  असार ७ । डिआइजी नेतृत्वको टोलीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिन थालेको छ ।

प्रदेश प्रहरीले गठन गरेको छानबिन टोलीले घटनास्थलमा पुगेर छानविन थालेको डिआइजी सुरेशविक्रम शाहले बताए । डिआइजी शाहको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरिएको हो । टोलीमा डिआइजी शाहसहित एसपी केदार रजौरे र डिएसपी चुडामणि बढाथोकी रहेका छन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन समितिले छानबिन सुरु गरेको डिआइजी शाहले बताए । यो प्रदेश अन्तर्गतको छानबिन समिति हो । बिहीबार भएको घटनामा गोली चले नचलेको चलाएकोृ भए कसले र किन चलाएको भन्ने पत्ता लगाउने शाहले बताए ।

प्रहरीको गल्ती भएपनि छानविन समितिले बाहिर ल्याउने उनको भनाई छ ।

अनशनरत केसीलाई जसरी पनि काठमाडौँ ल्याउने तयारी भएपछि प्रहरी र केसी समर्थकबीच झडप भएको थियो । झडपको क्रमममा केहि केसी समर्थक र प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन् ।

केसी समर्थकले अस्पतालमा प्रहरीले गोली चलाएको बताए पनि प्रहरीले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =