तान्त्रिक पुजारीद्वारा १२० महिला बलात्कृत भएको खुलासा !

परम्परा अनुसार नै पुजारी भन्दै सम्मान गर्ने समाजले पछुताउन थालिसकेका छन्। जनविश्वासकै आधारमा धामी झाँक्री तथा पुजारीहरु सबै राम्रै नियतका हुँदैनन्। कतिपयको नराम्रो नियत नै हुन्छ ।

त्यस्तै घटना भारतको हरियाणाको फतेहाबाद जिल्लामा एक तान्त्रिक पुजारी अमर पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

‘अमरपुरी’ नाम गरेका पुजारी १२० जना महिलासँग जबरजस्ती सम्बन्ध बनाएको आरोप लागेको छ ।

अमरपुरी प्रेतबाधाको नाममा महिलालाई फसाउथे र तन्त्र विद्याका बीचमा नशायुक्त औषधि खुवाउथे । बेहोस भएका महिलालाई बलात्कार गर्थे । त्यति मात्रै होइन् बलात्कार गरेसंगै ती पुजारी भिडियो बनाउँथे ।

त्यसपछि तिनै महिलालाई भिडियोको माध्यमबाट व्ल्याकमेल गर्दै आर्थिक र शारीरिक शोषण गर्ने गरेको प्रहरीले बताएको छ ।

अमरपुरीमाथि ९ महिना पहिला एक महिलाले बलात्कारको आरोप प्रहरीकहाँ दर्ता गरेकी थिइन्। त्यसपछि उनी पक्राउ परेका परेका हुन्।

तान्त्रिक अमरपुरीले महिलासँग शारीरिक सम्बन्ध बनाएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएका थिए । यसपछि अमरपुरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीले अमरपुरीका साथबाट १२० भिडियो फेला पारेको छ जसमा महिलासँग शारीरिक सम्बन्ध राखिएको भिडियो रहेको छ। पुजारीको कोठाबाट नशालु औषधि र तन्त्र मन्त्रका सामान प्रहरीले फेला परेको छ । त्यसपछि उनी कस्ता पुजारी हुन् भनेर देशव्यापी चर्चा भएको हो ।

प्रहरीका अनुसार अमरपुरीको कोठामा तीन ढोका थिए । उनले गोप्य रुपमा महिलालाई आफ्नो कोठामा लैजान्थे । उनको कोठामा सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =