भिजाएको चना खाँदा यस्ता छन् फाइदा

२०७४ जेठ १५ गते

“
एजेन्सी — चना एक गुणकारी खाद्य पदार्थ हो । यसमा आइरन, प्रोटीन तथा कैयौं किसिमका खनिजहरू पाइन्छन् जसले शरीरलाई ऊर्जा दिन्छन् । भिजाएको चना खानुस्, शरीर स्वस्थ राख्नुस् ।
कमजोरी हटाउने चनामा प्रशस्त एन्टीअक्सिडेन्ट हुनाले यसको नियमित सेवनले शारीरिक कमजोरी हटाउँछ ।
मुटुरोग चना खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यसबाट मुटुरोगको खतरा घट्छ र मुटु स्वस्थ रहन्छ ।
रक्ताल्पतामा लाभ चनामा आइरनको मात्रा अधिक हुने भएकाले रक्ताल्पताको समस्या छ भने नियमित खानुस् ।
मिर्गौला सफाइ चनामा फस्फोरस हुन्छ र यसले हेमोग्लोबिनको स्तर बढाउँछ अनि मिर्गौलाबाट अतिरिक्त नून निकाल्छ ।
यो पनि पढ्नुहोस् – पेट बढेर हैरान हुनुहुन्छ ? अब घरमै बसेर यसरी घटाउनुस् पेट
स्वस्थ छाला चना चपाएर खाँदा छाला स्वस्थ र चमकदार हुन्छ । दिनदिनै चना खाँदा छालासम्बन्धी समस्याहरू हराउँछन् ।
पिसाबको समस्या तपाईंलाई घरिघरि पिसाब लाग्ने समस्या छ भने भिजाएको चनासँग सक्खर मिसाएर खानुस् । यसो गर्दा पिसाबको समस्याबाट मुक्त होइन्छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित