तरुण दलका जिल्ला सदस्य आचार्य पेस्तोलसहित प्रहरी नियन्त्रणमा
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ७ । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आइतबार साँझ बर्दघाटको टिसियन चोकबाट पेस्तोल र खुडासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








