“आज “”हरिशयनी एकादशी””, यस्तो छ तुलसीको धार्मिक महिमा र वैज्ञानिक पुष्टि:”

संसारको जुनसुकै भूभागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो । परिवारमा बर्गिकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ ।

“”तुु”” तुरीय अवस्था ज्ञानको प्रतीक राम, “”लु”” को अर्थ लकारादि लक्ष्मण वैराग्यको प्रतीक पञ्चतत्वको शरीर हो। “”सी”” को अर्थ मानव हृदय भावनाको प्रतीक भक्तिसीता हो । यसैले तुलसीको शाब्दिक विश्लेषण हुन आउछ ज्ञान, वैराग्य भक्ति र भक्तिको प्रतीक मानव जीवन  ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु मानव जीवनले प्राप्त गरेको विज्ञान समर्पण भावमा परिणत गराई सहीरूपमा प्रयोगको अर्थ नै तुलसीुको शाब्दिक अर्थ हुन आउँछ ।

ब्रहृमवैवर्तन पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नामहरू वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन्। प्रत्येक नामका पछाडि नामले दिने अर्थ पनि रहेको छ, जसमध्ये विश्वपूजिता र विश्वपावनीको अर्थ हुन्छ । सबैबाट पूजित र सबैको लागि हितकारी वनस्पतिमध्ये तुलसी, श्रीखण्ड, कुश, आदिको वर्णन स्वयं देवताहरू पनि गर्न सक्तैनन्।

आयुर्वेद विज्ञानमा पनि यो वनस्पतिको विशिष्टस्थान रहेको छ भारतिय उपमहाद्दिपमा यसको दुई प्रजाति उल्लेख्य रहेको छ । राम र श्याम यी दुई मध्य राम हरियो र ठूलो पात भएको हुन्छ र श्याम हलुका कालो रङ्गको हुन्छ । दुबै प्रजातिलाई भगवान विष्णुको अर्धाङ्गिनि महालक्ष्मीको रूपमा पुजिने भएता पनि श्याम तुलसीलाई विशिष्ट मानिन्छ ।

वैदिक सनातन हिन्दु पात्रो अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

भर्खरै एउटा विदेशी स्वास्थ अध्यन केन्द्रले गरेको अध्ययनमा समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पनि पुष्टि पनि गर्दछ ।

श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाईन्छ ।

यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *