काबुलमा हिंसा वृद्धि हुँदै, आत्मघाती हमलामा कम्तीमा २४ को हताहती
२०७४ जेठ १५ गते

“
काबुल, साउन ७ । अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् ।
घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।
घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।
अफगानिस्तानमा पछिल्लो समय फेरी हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको समाचारमा जनाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








