काबुलमा हिंसा वृद्धि हुँदै, आत्मघाती हमलामा कम्तीमा २४ को हताहती

काबुल, साउन ७ । अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् ।

घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय फेरी हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *